
नेपालगन्ज । राष्ट्रवादी बिकाससिल अभियानले बाँकेको नेपालगन्जमा पनि फागुन ४ गते हुने हिन्दुराज्य र राजसंस्थाको मोटरसाइकल तथा कार र्यालीमा समावेश तथा समर्थन गर्ने भएको छ।
मध्यपश्चिमा अञ्चल वासी नेपाली जनताले आयोजना गरेको र्याली तथा प्रदर्शनमा विभिन्न हिन्दु धार्मिक संगठन, राजसंस्था , राजा प्रति आस्था र राष्ट्रवादी युवाहरुको सयुक्त आयोजनामा कार्यक्रम हुन लागेको छ ।
उक्त कार्यक्रममा शिव सेनाका केन्द्रीय अध्यक्ष अनिल बस्नेत (बाबा), नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियार लगाएत केन्द्रीय शिवसेनाहरुको उपस्थिति रहने बुझिएको छ।
राष्ट्रवादी बिकाससिल अभियान बाँकेका अध्यक्ष तथा केन्द्रीय सदस्य अशोक थापाले भने चन्द्र सुर्य अंकित झन्डामा मात्र मोटरसाइकल र्याली तथा प्रदर्शन हुने भएकाले पनि र्यालीमा मात्र समर्थन गर्ने बताउनुभयो भने हाम्रो देश मुलुक भित्रैका तत्वहरुले देश जर्जर पारेको पनि बताउनुभएकाे छ । ‘बडा महाराजधिराज पृथ्वी नारायण शाहले एकीकरण गर्दा भन्नु भएको थियो” उहाँले भन्नुभयाे “विदेशी ब्वासोहरुले देशलाई जर्जर बनाउछन् भन्नु भएको थियो तर अहिले नेपाल भित्रकै ब्वासोहरुले देश सिद्धाई सकेका छन्।”





