बहु बिवाह मुद्दाका २ अभियुक्त पक्राउ

नेपालगञ्ज । बहु विवाह मुद्दाका फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बहु विवाह मुद्दामा फरार रहेका बाँके कोहलपुर नगरपालिका वडा नं–४ निबुवाका ३४ वर्षीय जय बहादुर गिरी र सोही ठाउँकी ३३ वर्षीया छायाँ गिरीलाई पक्राउ गरिएको छ ।

उनीहरुलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेले २०६८ कार्तिक ३० गतेको फैसलाले उनीहरु दुबैलाई दुई बर्षको कैद सजय तोकेको छ । सजय तोके यता उनीहरु दुबै जना फरार थिए । पक्राउ लगत्तै उनीहरुलाई अदालतमा उपस्थि गराइएको छ ।

Previous articleहिन्दुराज्यकाे पक्षमा हुने र्यालीमा राष्ट्रवादी बिकाससिलकाे समर्थन
Next articleव्याटमिन्टनमा बाँकेलाई रजत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here