व्याटमिन्टनमा बाँकेलाई रजत

नेपालगञ्ज । प्रधानमन्त्री कप राष्ट्रव्यापी व्याटमिन्टन प्रतियोगिता–२०७७ मा बाँकेले राजत पदक पाउन सफल भएको छ । यही माघ २८ गतेदेखि फागुन १ गतेसम्म चितवनमा सम्पन्न प्रतियोगितामा बाँकेका व्याटमिन्टन खेलाडी अनिल लाखेले रजत पदक जित्न सफल हुनुभएको छ ।

प्रतियोगितामा खेलाडी लाखेले पुरुष डबल्स–४५ मा रजत जित्न सफल हुनुभएको हो । रजत पदकसंगै लाखेले ३० हजार पुरस्कार समेत पाउनुभएको छ । उहाँलाई बैतडीका बीरेन्द्र सिंह बिष्टले साथ दिनुभएको थियो । फाईनल प्रतिस्पर्धामा खेलाडीद्धय लाखे र बिष्ट ललितपुरका खेलाडीद्धय पूर्णहरि होना र संजय कपालीसंग पराजय हुनुभएको छ ।

सो प्रतियोगितामा बाँकेबाट १४ जनाको सहभागिता भएपनि लाखेले मात्र पदक ल्याउन सफल हुनुभएको हो । प्रतियोगितामा मेन्स सिंगल, वमेन्स सिंगल, मेन्स डबल, मेन्स डबल्स (¥याङकिङ्ग २० बाहेक), १७ वर्ष मुनिकेटा, १७ वर्षमुनि केटी, ४५ वर्ष माथि मेन्स डबल्स र ५५ वर्ष माथि मेन्स डबल्स अन्तर्गतका खेलहरु समाबेश थिए ।

बाँके जिल्ला व्याटमिन्टन संघका सल्लाहकार समेत रहनुभएका खेलाडी लाखेले यससंगै एक महिना अघि सिराहाको गोल बजारमा सम्पन्न पुष्पलाल राष्ट्रिय ¥याङकिङ्ग व्याटमिन्टन प्रतियोगितामा मेन्स डबल्स–४५ मा स्वर्ण पदक जित्नुभएको थियो ।

Previous articleबहु बिवाह मुद्दाका २ अभियुक्त पक्राउ
Next articleभागीरथीलाई न्याय माग गर्दै जसपा महिला संघको ज्ञापनपत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here