भागीरथीलाई न्याय माग गर्दै जसपा महिला संघको ज्ञापनपत्र

नेपालगञ्ज । जनता समाजवादी महिला संघ बाँकेले बलात्कारपछि हत्या गरिएकी भागीरथी भट्टको हत्यारालाई कारवाहीको माग गरेको छ । आइतबार बाँके प्रसाशनमार्फत गृहमन्त्री राम बहादुर थापालाई पठाइएको ज्ञापन पत्रमा महिला संघले बिगतमा भएका बलात्कार घट्नाको जस्तो यो घट्ना हुन नदिन खबरदारी गरेको छ ।

जसपा महिला संघ बाँकेकी अध्यक्ष दीपा राना मगरको नेतृत्वमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई बुझाइएको ज्ञापन पत्रमा बलात्कारका घट्नामा प्रहरीले देखाउँदै आएको असफलता यो घट्नामा पनि नदेखाउन अनुरोध गरिएको छ ।

डेढ वर्ष अघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घट्नाको दोषी पहिचान नगरी सही कानूनी निरुपण नभएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतीमा घटेको सोही प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन राज्य संयन्त्र असफल भएको तथ्य पुन प्रमाणित गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

महिला संघले पाश्वीक घट्नाको अनुसन्धानमा भएजस्तो गैरजिम्मेवारी हुन नदिन खबरदारी गर्दै घट्नाको सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गरेको छ ।

जसपा लुम्बिनी प्रदेश कोषाध्यक्ष अम्बिका काफ्ले, प्रदेश सदस्य रमारानी बैश्य, माजिद अलि शेष, महिला संघकि क्षेत्रीय अध्यक्ष मीना क्षेत्री, बाँकेकी ईन्चार्ज उषा गौतम, कोषाध्यक्ष माया थापा, सचिव सम्झना मानन्धर, महिला नेतृ भारती ढपाली, जरिना खान र गुडिया गुप्ताको उपस्थितिमा ज्ञापन ज्ञापन पत्र बुझाईको जसपा बाँकेका सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

यही माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ की भट्टको बलात्कारपछि हत्या गरिएको थियो ।

Previous articleव्याटमिन्टनमा बाँकेलाई रजत
Next articleभ्रामक समाचारप्रति डुडुवाकाे गम्भीर ध्यानाकर्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here