भ्रामक समाचारप्रति डुडुवाकाे गम्भीर ध्यानाकर्षण

नेपालगन्ज । नेपाल सरकारका पूर्वसचिव भिम उपाध्याय र सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन मिडियामार्फत श्रीमतीलाई भान्से भन्ने शिर्षकको प्रकाशित समाचारप्रति मेरो व्यक्तीगत र यस डुडुवा गाउँपालिका कार्यालयको गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

सरकारी निजामती सेवामा जवाफदेही पदमा कार्यरत रहेको नाताले डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले आज एक प्रेस विज्ञप्तीमार्फत सने समाचारप्रति ध्यानकषर्ण गराउदै सत्य तथ्य घटनालाई प्रष्ट पार्नुभएको छ ।

मेरा सचिवालयको भान्से पदमा कार्यरत महिला मेरै धर्मपत्नी हुन । पूर्व सचिव र केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति म धन्यबाद दिन चाहन्छु । तर उनी उक्त पदमा नियुक्ती हुँदा एकल नारी थिइन् र स्वतन्त्र प्रतिस्पर्धामार्फत कानून तथा नियमानुसार छनौट भएकी हुन । उहाँले विज्ञप्तीमा लेख्नुभएको छ । म पनि एकल भएको अवस्थामा हामीदुई विच प्रेम सम्वन्ध कायम गरि एकले अर्कालाई स्वीकारेर पछि विवाह गरेका हौं । कार्यालय प्रमुखको जिम्मेवारीमा बसेको व्यक्तीले दुःखमा एकल अवस्थामा रहेकी एक नारीसंग विवाह गरेको विषय समाचारमा आउनु पर्नेमा उल्टै गलत तथा भ्रामिक र नकरात्मक दृष्टिकोणले आएको समाचारप्रति खेद प्रकट गर्दै उहाँले दुःख व्यक्त गर्नुभएको छ ।

प्रकाशित उक्त समाचारलाई पत्रकारिताको मुल्य मान्यता, धर्म र आचारसंहिता बमोजिम सच्चाउन तथा खण्डन गर्न समेत अपिल गरिएको छ । डुडुवा गाउँपालिकाको बैठकबाट करार पदमा काम गरिरहेका सम्पुर्ण श्रमजिवी कर्मचारीहरुको म्याद थप २०७८ मसान्तसम्म गरिएको हुनले कुनैपनि कर्मचारीको तलब तथा पारिश्रमिक नरोकिएको जानकारी गराउदै प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले ति कर्मचारीहरुलाई कार्य क्षेत्रमा उच्च मनोबलका साथ काम गर्न समेत आग्रह गर्दै यस्ता गलत र असत्य समाचारको पछि नलाग्न सबैमा अनुरोध गर्नुभएको छ ।

मेरो धर्मपत्नीमाथी अस्लील शब्द र गालीगलौज गरि अनावश्यक मानसिक तनाव दिने कार्य भएको र यो कार्यबाट गलत मनसाय व्यक्त गर्ने कर्मचारीहरुले सजायबाट बच्नका लागि गरिएको यस्तो मिडिया प्रोपोगण्डा र गलत तथा भ्रामिक प्रचारवाजीको घोर भत्सर्ना गर्दै एउटा नारीको अस्तित्वमाथी नै खेलवाड र मानसिक हिंसा भएको ठहर गर्दै त्यस्ता मनसायका व्यक्तीहरुको कार्यालयको तर्फबाट बुझ्ने काम भइरहेको र कसैले पनि कानून विपरितको कार्य गरेको प्रमाण भेटिएमा कानूनी कारवाहीको दायरामा ल्याउने कुरा समेत जानकारी गराउदै पिडित पक्षलाई आस्वस्त पार्नुभएको छ ।

राज्यको सेवामा संधै सर्मपित म माथी भएको सांघातिक हमलाबाट म अस्वस्थ विरामीको औषधी लामो समयदेखि सेवन गरिरहेकोले उक्त औषधी उपचारमा लागेको खर्च मेरो परिवार, आफन्तजन र शुभेच्छुकबाट चलिरहेकोमा यसै विज्ञप्तीमार्फत सबैमा जानकारी गराउँदै नेपाल सरकारले मेरो उपचारको विल भुक्तानी र टुहुरा तीन वटा बालबालिकाको शिक्षा दिक्षा लगायतका सुविधाको समेत व्यवस्था गर्न जोडदार माग गरेको विज्ञप्तीमा उल्लेख छ ।

उहाँले विज्ञप्तीमार्फत आफ्नो धर्मपत्नी मेरो भान्सेको रुपमा कार्यरत हुदासम्म पाउने तलब र भत्ताबाट हामीले चारवाट विद्यालयमा करिब चार लाख बराबरको अक्षयकोष समेत स्थापना गरेको जानकारी दिइएको छ ।

Previous articleभागीरथीलाई न्याय माग गर्दै जसपा महिला संघको ज्ञापनपत्र
Next articleबहुमत सरकारका ३ बर्ष !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here