पूर्व मन्त्री राई निर्वाचन क्षेत्रका जनतासंग भेटघाट गर्दै

नेपालगञ्ज । जनता समाजवादी पार्टीका नेता तथा पूर्व शहरी विकास मन्त्री मो. इस्तियाक राईले साेमबार नेपालगंज उपमहानगरपालिका वडा न. १४ का कार्यकर्ताहरूसंग भेटघाट गर्नुभएको छ ।

राईले पार्टीका कार्यकर्ता तथा स्थानीय जनताहरुसंग शहरी बिकास मन्त्री हुँदा गरेका बिकास निर्माणका कामहरु तथा आगामी दिनमा गर्ने अन्य थुप्रै बिकासको बारेमा छलफल गर्नुभएको हाे ।

सोही कार्यक्रममा राम किशोर गिरी, सियाराम खटिक, दशरथ कोरी, राजेन्द्र बर्माले पार्टी प्रवेश गरेको जसपाले जनाएको छ । नवप्रवेशीहरुलाई राईले खादा माला लगाई पार्टीमा स्वागत गर्नुभएकाे थियो ।

कार्यक्रममा जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राई, प्रदेश कोषाध्यक्ष अम्बिका काफ्ले, प्रदेश सदस्य माजिद अलि शेष, रमारानी वैश्य, तबस्सुम अन्सारी, नगर अध्यक्ष श्रवण यादव लगायत नेताहरुको उपस्थिति रहेको जसपा बाँकेका सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयाे ।

Previous articleबहुमत सरकारका ३ बर्ष !
Next articleमहिला शिक्षामा जोड दिन आवश्यक : उपमेयर थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here