
नेपालगन्ज । नेपालगन्ज बजारमा ठुलाे आवाजमा गीत बजाएर हिड्ने अटाेरिक्सालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जले त्यस्तो कार्य गरेका ३१ वटा ई-रिक्सा र पेट्रोल अटो रिक्सा नियन्त्रणमा लिएकाे हाे ।
प्रहीका अनुसार नियन्त्रणमा लिएसंगै रिक्सामा फिट गरिएका साउण्ड बक्स तथा स्पिकरहरु निकालिएको छ ।
मंगलबार दिउँसो वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगंजको बिभिन्न स्थानबाट ठुलो आवाजमा गित बजाएर सवारी ओसारपसार गरिरहेका रिक्सालाई नियन्त्रणमा लिएकाे जनाएको छ ।
रिक्सा धनीहरूलाई रिक्साहरुमा जडान गरिएका साउण्ड बक्स तथा स्पिकरहरु खोल्न पठाएर अब यस किसिमका गल्ति कमि कमजोरी पुन:नदोहोर्याउने सम्झाैता गरि छाडिएको छ ।





