मेयर राणाकाे स्वकीय सचिवकाे निधन, उपमहानगरपालिकामा शाेकसभा

नेपालगन्ज । राप्रपाका नेपालगन्ज नगर कमिटि सचिव दिपक श्रेष्ठको निधन भएको छ । उहाँको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बुधबार बिहान ७ बजे निधन भएको हो ।

उहाँको मष्तिस्कघातबाट निधन भएको राप्रपाका नेता ऋषिराज देवकोटाले जानकारी दिनुभयो । श्रेष्ठ नेपालगन्जका मेयर डा.धवल शमशेर राणाका स्वकीय सचिव हुनुहुन्थ्यो । उहाँको निधनले राप्रपालाई ठूलो क्षती पुगेको देेबकोटाले बताउनुभयो ।

श्रेष्ठकाे निधनपछि बुधबारै उपमहानगरपालिका कार्यालयमा शाेकसभा गरिएको छ । शाेक सभामा नेपालगन्जका मेयर डा.राणा, उपमेयर उमा थापा मगर लगायत सबै शाखाका कर्मचारीले श्रेष्ठको तस्बिरमा माल्याआर्पण गरि शाेकसभा गरिएकाे हाे ।

Previous articleठुलाे आवाजमा गीत बजाउने ३२ वटा रिक्सा कारवाहीमा
Next articleयुवा क्लबका पदाधिकारीहरुको क्षमता अभिबृद्धि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here