मानव बेचविखन विरुद्ध यातायातकर्मीलाई अभिमुखिकरण

गुलरिया । मानव बेचविखन तथा ओसारप्रसार विरुद्ध यातायातकर्मीहरुसंग अन्तक्रियात्मक अभिमुखिकरण गरिएको छ । हाम्रो अवाज चेलिबेटी वेचविखनबाट मुक्त समाज भन्ने मुल नारा देखि विगत २५ वर्ष भन्दा बढी समय देखी बर्दियामा काम गर्दै आएको माइती नेपालले जिल्लाका यातायातकर्मीहरुलाई अभिमुखिकरण गराएको हो ।

कृष्णासार यातायात व्यवसायि संघ बर्दियाका अध्यक्ष शम्भु प्रसाद रिजालको अध्यक्षतामा भएको अन्तक्रियात्मक अभिमुखीकरणमा माइती नेपालले गर्दै आएको क्रियाकलाप, मानव बेचविखनका कारणहरु, मानवबेचविखनका प्रयोजनहरु, नियन्त्रणका उपायहरु, बेचविखन हुन सक्ने स्थान लगायतका विषयमा यातायातकर्मीलाई प्रष्ट पारिएको थियो ।

मानव बेचविखनका हुने घटनाहरुमा सम्बन्धित सरोकारवाला निकाय अन्तर्गत यातायातका साधन चालाउने यातायातकर्मी पनि भएकाले यसबाट सजकता अपनाउन र संकास्पद व्यक्ति सवार गरिरहेको छ भन्ने सुचना तत्काल प्राप्त गर्न सकिन्छ भन्ने उदेश्यले यातायातकमीहरु विच अन्तक्रियात्मक अभिमुखीकरण गरिए माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी दिनुभयो ।

मानव बेचविखनको अवस्था, जिल्लामा देखिएको जोखिम तथा घटित घटनाका विषयमा रहि कार्यक्रमको सहजीकारण माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले गर्नु भएको थियो ।

सो अभिमुखीकरणमा कृष्णसार यातायात व्यवसायि संघ बर्दियाका अध्यक्ष शम्भुप्रसाद रिजालले यातायातका साधनहरु आफुहरुले प्रयोग गर्दै आएको उल्लेख गर्दै यातायातका साधनमा कोही संकास्पद व्यक्ति यात्रा गरिरहेको लागेमा सम्बन्धित निकायलाई जानकारी गराउन यातायातकर्मीलाई अनुरोध गर्नुभएको छ ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न यातायात व्यवसायिको पनि भुमिका भएकाले सुचना प्रवाह गरि यास्ता घटना रोकथामका लागी आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Previous articleनरैनापुरका वडाहरु ‘पूर्ण खोप सुनिश्चित’ घोषणा
Next articleप्रेस संगठन बाँकेमा १४ जना मनोनित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here