प्रेस संगठन बाँकेमा १४ जना मनोनित

नेपालागञ्ज । प्रेस संगठन नेपाल बाँकेले कार्यसमिति सदस्यमा १४ जनालाई मनोनित गरेको छ । संगठनका संयोजक हेमन्त बिकको अध्यक्षतामा बिहीबार कोहलपुरमा बसेको भेलाले कार्यसमिति सदस्यमा १४ जनालाई मनोनित गरेको हो । संगठनले यदुराज मिश्रा, गिरिस गुप्ता, शम्भु थारु, लक्ष्मी तिमिल्सेना, दिपेश आचार्य, जागेश्वर थारु, अशोक थापा, अजमत अलि सिद्धिकी, सजन कुमार आर सी, कोष बहादुर थापा, अनिता बिक, ज्ञानमाया थापा, कृष्ण चौधरी र धना केसीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको सहसंयोजक कमल डाँगीले जानकारी दिनुभयो ।

साथै भेलाले संगठनलाई अझ क्रियाशिल र सुदृढ बनाउने रणनीतिका साथ यही फागुन १५ गते नेपालगञ्जमा जिल्ला भेला गर्ने निर्णय समेत गरेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्प कमल दाहालबीच देखिएको विवादपछि जिल्लामा समेत दुई समूह बिभाजन भएको छ । विवादसंगै संगठन केपी ओलीको पक्षमा अघि बढेको छ ।

भेलामा लुम्विनी प्रदेशकी कृषी मन्त्री आरती पौडेल, प्रेस संगठन लुम्विनी प्रदेशका सहइन्चार्ज रुद्र सुवेदी, नेकपाका केन्द्रीय सदस्य दिपा शर्मा, पुजन बिश्वकर्मा, नेकपा बाँकेका सचिव प्रमोद धिताल, संगठनका पूर्व उपाध्यक्ष शिव डोटेल, कोषाध्यक्ष अक्षरी पोख्रेल, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव शकिल कादरीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने गजेन्द्र गुरुंगले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Previous articleमानव बेचविखन विरुद्ध यातायातकर्मीलाई अभिमुखिकरण
Next articleअन्तर्राष्ट्रिय महिला (नारी) दिवस मनाउन नेपालगञ्जमा तयारी शुुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here