
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरी पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको हो ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्नुभयो । खोप लगाउन छुटेका १६ देखि २३ महिनाका १ सय ३५ जना बालबालिकालाई खोप लगाइएपछि नरैनापुर पूर्ण खोप सुनिश्चितता गाउँपालिका बनेको हो ।
गाउँपालिकाले यसअघि फाल्गुन ५ गते सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको थियो । पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम गाउँपालिकाकाका अध्यक्ष शाहको अध्यक्षता एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
घोषणा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार मौर्य, स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्मा, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाह, वडा नम्बर ५ को स्वास्थ्य चौकीका प्रमुख प्रेम बुढा क्षेत्री, दिपेन्द्र प्रावि भगवानपुरका प्रधानाध्यापक दुर्गा श्रीवास्तव, युनिसेफका प्रतिनिधि कृष्णहरि मैनालीले बोल्नुभएको थियो ।





