प्रेस संगठन नेपाल बाँकेमा ३७ जना सदस्यमा मनोनित

नेपालगञ्ज । प्रेस संगठन नेपाल बाँकेले ३७ जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संगठन बाँकेका अध्यक्ष डक्ट धितालको अध्यक्षतामा बसेको बैठकले सहसंयोजकको जिम्मेवारी राजेश आचार्यलाई दिएसंगै ३७ जनालाई जिल्ला कार्यसमितिको सदस्यमा मनोनित गरेको हो ।

भेलामा नेकपाका नेता दल वहादुर सुनारले प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारबाट बाहिरिने दिन नजिक आएको बताउनुभएको छ । नेता सुनारले अदालतबाट प्रतिनिधीसभाको पुनस्र्थापना नभए सडक आन्दोलनबाटै संसद पुर्नस्थापना गरिने दावी गर्नुभयो । भेलामा नेकपा बाँकेका सचिव अशोक कोइराला, प्रदेशसभा सदस्य कृष्ण केसी, नेकपा प्रदेश कमिटीका सदस्य नरेन्द्र न्यौपानेले प्रतिनिधीसभा विघटन असंवैधानिक भएको बताउनुभयो ।

त्यस्तै भेलामा प्रेस संगठनका केन्द्रीय सदस्य गोविन्द शर्मा र प्रदिव वाग्ले, केन्द्रीय अनुशासन आयोगका सदस्य सुशील शर्मा, लेखा आयोगका सदस्य सिराज खान, अग्रज पत्रकार गणेश जिसी, अजय गुप्ता, अवधी पत्रकार संघ बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी लगायतले शुभकामना व्यक्त गर्दै पत्रकारको हकहितका लागि संगठनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालगञ्ज सम्पन्न भएको भेलाले अनलाइन खोजखबरकर्मी ताहिर शेष (साहिल), वसिम अन्सारी, जाहगिर अन्सारी, त्यस्तै चन्दा सिंह, शिवराज साहु, इरफान अलि (अरसद अलि रङ्गरेज), सलामत अलि, युसुब अन्सारी, शुभम गुप्तासहित ३७ जनालाई संगठनको जिल्ला सदस्यमा मनोनित गरेको जनाएको छ । मनोनित भएका सदस्यहरुलाई फागुन १५ गते एक कार्यक्रमका बीच सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

Previous articleनरैनापुर पूर्ण खोप सुनिश्चित घोषणा
Next articleबर्दियामा ९९ र बाँकेमा ९५ प्रतिशतले खोप लगाए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here