विद्यार्थीहरुलाई उपभोक्ता शिक्षा !

नेपालगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले बिद्यालयका बालबालिकाहरुलाई उपभोक्ता शिक्षा दिन थालेको छ । विद्यालयदेखि नै बालबालिकाहरुले उपभोक्ता अधिकार र उपभोक्ता सचेतनाको बारेमा शिक्षा पाएको अवस्थामा उनीहरु स्वयं शिक्षित हुनका साथै आफ्नो घर परिवार एवं समाजमा समेत सो कुराको प्रचार प्रसार गर्ने भएकोले विद्यालमा उपभोक्ता शिक्षा कार्यक्रम सन्चालन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।

बाँके जिल्लाका सबै स्थानीय तहका केहि विद्यालयहरुमा यस्तो कार्यक्रम सन्चालन गर्न लागिएको सूचना अधिकारी चौलागाईंले बताउनुभयो । शुक्रबार धम्बोझी मा.वि.बाट शुरु गरिएको विद्यालयमा उपभोक्ता शिक्षा कार्यक्रमलाई क्रमिक रुपमा जिल्लाका सबै स्थानीय तहमा सन्चालन गरिने र नेपालगन्ज उपमहानगर क्षेत्रमा सामुदायिक र संस्थागत गरि तीन वटा बिद्यालमा उपभोक्ता अधिकार र शिक्षाका बारेमा बालबालिकाहरुलाई प्रशिक्षित गरिनेछ । शुक्रबार भएको उपभोक्ता अधिकार र शिक्षा विषयमा वाणिज्य, आपूर्ति तथा उपभोता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्याल र सूचना अधिकारी चौलागाईंले प्रशिक्षण दिनुभएको थियो ।

Previous articleपूर्व घट्ना अभ्यासमा रेडक्रसबाट प्राथमिक उपचार र एम्बुलेन्स सेवा प्रदान (फाेटाे फिचर)
Next articleबाँकेको बैजनाथ पूर्ण खोप सुनिश्चितता घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here