बाँकेको बैजनाथ पूर्ण खोप सुनिश्चितता घोषणा

बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ । बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले बाँके जिल्लाको आठौं स्थानीय तहको रुपमा बैजनाथ गाँउपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएकोमा खुसी ब्यक्त गर्नुभयो । दुई बर्षको निरन्तरको प्रयासपछि फागुन मसान्तभित्र बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य अब पुरा हुने समय आएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले पालिकालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्नुभयो । यसअघि बैजनाथका आठ वडाहरुमा वडा स्तरीय पूर्ण खोप घोषणा गरिएको थियो । पूर्ण खोप सुनिश्चितता कार्यक्रमका बिशिष्ठ अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले महिला स्वास्थ्य स्वयमंसेविकाका साथै सबै स्वास्थ्यकर्मीको कार्यलाई उच्च सम्मान गर्दै धन्यबाद ज्ञापन गर्नुभयो ।

गाँउपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीले जन्मदेखि १५ महिना सम्मका १ हजार ३ सय ८२ जना बालबालिका, घरधुरी सर्वेक्षणबाट १६ देखि २३ महिनासम्मका ६ सय ३० जना बालबालिका र सर्बेक्षणमा खोप लगाउन बाँकी ४ जना बालबालिकालाई खोप लगाइएपछि बैजनाथ गाँउपालीका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषण गरीएको जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष रुचालले कोरोना महामारीका कारण महिला स्वास्थ्य स्वयमंसेविकाका लागि ल्याइएका योजनाहरु पुरा हुन नसकेको उहाँले स्कार गर्दै आउने आर्थिक बर्षमा सबैलाई खुसी पार्ने गरी बजेट ल्याउने बताउनुभयो । कार्यक्रममा बैजनाथ गाँउपालीकाका ८ वटै स्वास्थ्य संस्थाका प्रमुख एबं प्रतिनिधिलाई कदर पत्र बितरण गरीनुका साथै बैजनाथका ४ स्वास्थ्य चौकीका २÷२ जना लाई र बैजनाथ गाँउपालीकाका ९२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो ।

Previous articleविद्यार्थीहरुलाई उपभोक्ता शिक्षा !
Next articleमहिनावारीका बेला पनि खेल भन्दै मैत्रीपूर्ण फुटबल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here