महिनावारीका बेला पनि खेल भन्दै मैत्रीपूर्ण फुटबल

बेलभार । बर्दियाको बारबर्दिया नगरपालिकाको वडा नं ११ स्थित सिम्हा माध्यमिक बिद्यालय बेलभारमा किशोरीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको छ । अतिरिक्त क्रियाकलाप, महिनावारीका बेला पनि भन्ने नारासहित बिद्यालयका किशोरीहरुबीच शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको हो ।

महिनावारीका समयमा पनि बिद्यालयको सबै खाले कार्यक्रममा सहभागि हुनपर्ने शन्देश प्रवाह गर्न यस्तो कार्यक्रम गरिएको हो । प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाद्धारा बिद्यालयमा संचालित परियोजना अन्तर्गत शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको जनाइएको छ ।

६ कक्षादेखि १० कक्षा सम्मका किशोरीहरुको सहभागितामा भएको प्रतियोगितामा समूह क बिजयी भएको छ । बिजयी समूहलाई आइतबार एक कार्यक्रमकाबीच पुरस्कृत गरिनेछ । गेरुवाद्धारा संचालित मौनता तोडौं, युवाको अगुवाईमा महिनावारी व्यवस्थापन परियोजनाकी कार्यक्रम अधिकृत संजिता तिवारीका अनुसार बिद्यालयले सबै बिद्यार्थीहरुको उपस्थितिमा बिजयी समूहलाई पुरस्कृत गरेर अन्य किशोरी तथा बिद्यार्थीहरुलाई प्रोत्साहित गर्ने भएको छ ।

Previous articleबाँकेको बैजनाथ पूर्ण खोप सुनिश्चितता घोषणा
Next articleकिसानलाई कृषिपथमा जोडिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here