५८ जनाले गरे रक्तदान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं.–२१ पुरैनास्थित श्रद्धा ईंट्टा उद्योगको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी बाँकेको सहकार्यमा नेपालगन्ज वडा नं-६ फुल्टेक्रामा शनिबार आयाेजना गरिएकाे रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका र राप्ती सोनारी गाउँपालिकाबाट ६ महिला सहित ५८ जनाले रक्तदान गरि सहभागिता जनाएको ईट्टा उद्योगका प्रबन्धक सुधिरप्रताप सिंहले बताउनुभयो ।

समाजसेवी माधवराम वर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बृहत रक्तदान कार्यक्रमको श्री नव दुर्गा पूजा समिति फुल्टेक्रा तथा जय माँ ज्वाला शक्ति क्लब शिव मन्दिर चौक, फुल्टेक्राको व्यवस्थापनमा उत्साहपूर्वक रुपमा महिला तथा पुरुषहरुले रक्तदान गरेको सहयोगी मुकेश गुप्ताले बताउनुभयो  ।

कार्यक्रममा नेपालगन्ज वडा नं.–६, २, १०, १८, १९, २० र राप्ती सोनारीगाउँपालिका वार्ड नं.–६ फत्तेपुर लगायत विभिन्न स्थानबाट रक्तदाताहरुले सहभागिता जनाएका हुन् ।
फुल्टेक्रा शिव मन्दिर चोक स्थित  हैब्रोन स्टार ईङ्गिश मिडियम बोर्डिङ्ग स्कूलको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा वनेपालगन्ज  वडा नं. ६ का वडाध्यक्ष समीरप्रताप सिंह, महिला सदस्य साबित्री शर्मा र वडा सदस्य दिपक श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका सोमप्रकाश सापकोटा, सुनिता कुमाई, संदिप आचार्य, सुजाता कार्की, केशर सिंह डांगी र बिरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।

Previous articleकिसानलाई कृषिपथमा जोडिँदै
Next articleनेपालगन्जमा महिला लक्षित पत्रकारिता तालिम सुरु हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here