बझाङमा पहिराे जाँदा १७ घर बगायाे, ७ जना बेपत्ता

रिदम सिंह

बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा- ८ को एक बस्ती पहिराले बगाएको छ ।

अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले गएराति केदारस्युँ गाउँपालिका वडा- ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताउनुभयाे । उहाँका अनुसार पहिराेमा परी ७ जना बेपत्ता भएका छन् । बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थलतिर प्रहरी टोली पठाइसकिएको जानकारी दिनुभयाे ।

गाउपालिकाका प्रमुख प्रसासखीय अधिकृत धनराज जोशीले ३०/४० घर भएको ठाउँमा पहिरो गएको बताउनुभयाे । ७ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएकाे र थप विवरणका लागि घटनास्थल गैरहेका उहाँकाे भनाइ छ ।

बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन ।

Previous articleभाेकाे बस्न सक्ने तर सेक्स नियमित चाहन्छिन नायिका समान्था
Next articleकैलालीमा होम क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here