न्यायाधीसकी श्रीमती ब्राउन सुगरसहित पक्राउ

सांकेतिक तस्बिर

शरद रेग्मी, तुलसीपुर । एक जना न्यायाधीसकी श्रीमती तुलसीपुरबाट ब्राउन सुगरसहित पक्राउ परेकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ४२ बर्षीया तुलसा पोखरेल आइतवार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रहरीले तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्कि भित्र राखेको अवस्थामा प्लाष्टिकसहित तौल गर्दा २.२२ ग्राम ब्राउन सुगर बरामद भएको डिएसपी सिंहले बताउनुभयो ।

इलाका प्रहरी तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका साधा पोशाकका प्रहरीले गोप्य सूचनाका आधारमा पोखरेलको स्कूटरमा प्रतिबन्धित लागुऔषध बरामद बरामद गरेपछि पोखरेललाई नियन्त्रणमा लिएको थियो ।

पोखरेलका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतमा न्यायाधीसका रुपमा कार्यरत हुनुहुन्छ। पक्राउ परेकी पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहकी जिल्ला कमिटी सदस्य पनि हुनुहुन्छ ।

पक्राउ परेकी पोखरेलले आफुलाई फसाइएको तथा आफ्नो स्कूटरमा फेला परेको ब्राउन सुगरबारे आफुलाई थाहा नभएको भन्दै आफ्नो बचाउ गर्ने प्रयास गरिरहेको प्रहरी अधिकारीले जनाएका छन् । पोखरेललाई प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ ।

Previous articleनाकामा सवारीसाधन वारपार गर्न दिन जनमत पार्टीको माग
Next articleबिद्यालय स्वच्छताका लागि ६ झण्डा !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here