बिद्यालय स्वच्छताका लागि ६ झण्डा !

बेलभार । बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ११ बेलभारस्थित सिम्हा माध्यमिक बिद्यालय मा ६ झण्डे कार्यक्रम औपचारिकरुपमा आरम्भ भएको छ । बिद्यालय स्वच्छता कार्यक्रम अन्तर्गत बिद्यालयमा आइतबार एक औपचारिक कार्यक्रममार्फत ६ झण्डे कार्यक्रम शुरु गरिएको हो ।

बिद्यालयको सरसफाईको अवस्थालाई मापन गर्न बिद्यालयको हाताभित्र ६ वटा झण्डा स्थापना गरिएको छ । झण्डामा ६ वटा सरसफाईका सुचकहरु लेखिएको छ । ६ वटा झण्डाका आधारमा ६ वटा सुमहले सरसफाईको अवस्थामा सुधार ल्याउन प्रयास गर्ने बिद्यालयका प्रधानाध्यापक राम प्रसाद थारुले जानकारी दिनुभयो ।

नेपाल सरकारको बिद्यालय स्वच्छता कार्यक्रम तारा पद्धतिलाई सहयोग पुर्याउने हेतुले यस्तो कार्यक्रम लागु गरिएको प्रधानाध्यापक थारुले बताउनुभयो । गेरुवा ग्रामीण जागरण संघ, बर्दिया तथा प्लान इन्टरनेशनलको साझेदारीमा संचालित मौनता तोडौंः महिनावारी स्वच्छता व्यवस्थापन परियोजना बिद्यालयमा संचालित छ ।

परियोजनाले सरसफाईको सुचकलाई सुधार गर्न बिद्यालयमा नयाँ शौचालय र महिनावारी आराम कक्ष निर्माण, स्वच्छ पानीको व्यवस्था लगायत सरसफाईका क्रियाकलापहरु संचालन भइरहेको संघकी कार्यक्रम अधिकृत सन्जिता तिवारीले बताउनुभयो ।

Previous articleन्यायाधीसकी श्रीमती ब्राउन सुगरसहित पक्राउ
Next articleडुडुवामा आजदेखि धार्मिक मेला शुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here