डुडुवामा आजदेखि धार्मिक मेला शुरू

डुडुवा- विगत बर्षझै यस बर्ष पनि बाँकेको डुडुवा गाउँ पालिका वडा नम्बर ३ बनकट्टी हलबलडोलीमा रहेको मियागञ्जमा धार्मिक मेला सोमबार देखि सुरु भएको छ ।

मेलाको पहिलो दिनमा राती जलसाको कार्यक्रम हुने भएको छ । जलसामा भारतको विभिन्न जिल्लाबाट मेलालाई भव्य रुपमा सफल बनाउनका लागि धर्म गुरुहरु आउने भएका छन ।

मेला फागुन १७ गतेदेखि चार दिनसम्म लागनेछ । बनकट्टीमा रहेको सुफी सन्त हजरत ईब्राहिम खलिल अहमद शाहको उर्समा लाग्ने मेलामा विभिन्न धार्मिक कार्य हुने मेलाका संचालक इसराक अहमद शाहले जानकारी दिनुभयो ।

मेलामा १८ गते बेलुकी कौवाली र १९ गते बिहान् गागर, २० गते अन्तिम दिन चादर चढाउने कार्य हुन्छ , मेला संचालक गद्दी नशिन शाहले बताउनुभयो ।

Previous articleबिद्यालय स्वच्छताका लागि ६ झण्डा !
Next articleचौफेरीमा आगलागी…..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here