गुलरियाको कैलासनगरमा आगलागी हुँदा तीन घर जलेर नष्ट, एक जना घाइते

गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नं ४ कैलासनगरमा आगलागी भएको छ । सोमबार दिउँसो आगलागी हुँदा ३ वटा घर जलेर पूर्ण रुपमा क्षति भएको छ ।

कैलासनगर रामजनिया बेहनाको फुसले छाएको गोठ बाट अचानक आगलागी हुँदा २ वटा गोठ, १ वटा टायलले छाएको भान्सा घर, १ वटा टिनले छाएको घर, टिनले नै छाएको २ कोठे घर पूर्ण क्षति भएको छ भने राधेश्याम गोडियाको टायलले छाएको १ कोठे घर पनि जलेको तुल्सा बस्नेतको टायलले छाएको घरमा सामान्य जलेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बर्दियाका सूचना तथा व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।

आगलागीका कारण ३८ वर्षीया रामजनिया बेहनाको घाटी हात खुट्टा र ढाड जलेर घाइते हुनुभएको छ । उहाँको बर्दिया अस्पतालमा उपचार भइ थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएको जनाइएको छ ।

यस्तै आगलागीबाट २ वटा बाख्रा, १ वटा भैसिको पाडी समेत जली घाइते भएका छन् । आगलागी पश्चात दमकल, स्थानिबासी, प्रहरीको सहयोगमा पौने ३ बजे पुर्णरुपमा नियन्त्रण आएको थियो । आगलागी पश्चात नेपाल रेडक्रस सोसाईटी उपशाखाले राहत बितरण गरेको छ ।

Previous articleचौफेरीमा आगलागी…..
Next articleकाेहलपुरमा दुर्घटना, एककाे मृत्युु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here