काेहलपुरमा दुर्घटना, एककाे मृत्युु

काेहलपुर । पूर्वपश्चिम राजमार्ग अन्र्तगत कोहलपुर नगरपालिका ३ किरणनाला नजिकै दुर्घटना हुँदा कोहलपुर ३ का बिरेन्द्र शाहीको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख राजु भण्डारीले मोटरसाइकल चालक कोहलपुर नगरपालिका ३ का २५ वर्षिया विरेन्द्र शाहीको घटना स्थलमा नै मृत्यु भएको जानकारी दिएको छ ।

अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको भे १ ख २२३९ नम्बरको बस र पश्चिमबाट पूर्व आउँदै गरेको भे १० प ५६१ नम्बरको मोटरसाइक एकआपसमा ठोकिएका थिए ।

यस्तै साइकल यात्री प्रदिप आचार्य र पैदल यात्री प्रकाश महतरा समेत घाइते भएको भण्डारीले बताउनुभयाे ।

Previous articleगुलरियाको कैलासनगरमा आगलागी हुँदा तीन घर जलेर नष्ट, एक जना घाइते
Next articleअमेरिकामा कोरोना महामारीको चौथो चरण थप जोखिमपूर्ण हुने चेतावनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here