महिला दिवसको कार्यक्रमहरुको समय निर्धारण

नेपालगञ्ज । यस वर्षको अन्तर्राष्ट्रिय महिला (नारी) दिवसको अवसरमा नेपालगञ्जमा आयोजना हुने बिभिन्न कार्यक्रमहरु गर्ने दिन र समय तय गरिएको छ । अम्बिका पुनको संयोजकत्वमा गठित कार्यदलको बुधबार नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा बसेको बैठकले कार्यक्रमहरु गर्ने दिन र समय तय गरेको हो ।

दिवसको अवसरमा गरिन लागिएको कार्यक्रमहरुमा घर, परिवार र समाज परिवर्तनमा महिलाको भूमिका बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगिता बिहीबार बिहान ११ बजेदेखि हुन लागेको छ । २१ देखि २३ गते तीन दिनसम्म नेपालगञ्जमा किशोरी तथा महिलाहरुका लागि आत्म सुरक्षा तालिम हुने समय निर्धारण गरिएको छ । उक्त तालिम सहभागिहरुको सहजताका लागि पहिलो सिफ्ट बिहान ७ देखि १० बजेसम्म र दोस्रो सफ्टि २ देखि ५ बजेसम्म संचालन हुन लागेको हो ।

यस्तै २३ गते दिउँसो महिलाहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । फुटसलमा महिला जनप्रतिनिधि, महिला पत्रकार, संघ संस्था, कर्मचारी र अन्तरपार्टी महिला संजाल गरी पाँच वटा समूहबीच हुने निर्णय गरिएको हो । फुटसल कार्यक्रम संयोजकको जिम्मेवारी अन्तरपार्टी महिला संजाल बाँकेकी अध्यक्ष अम्बिका काफुलेलाई दिइएको छ ।
त्यस्तै महिला दिवस ८ मार्च २०२१ का दिन बिभिन्न संघसंस्थाहरुको सहभागितामा र्याली कार्यक्रम हुने भएको छ ।

बिहान ७ बजेदेखि उपमहानगरपालिका कार्यालयबाट शुरु हुने र्याली बागेश्वरी मन्दिरको पार्कमा पुगेर कोणसभामा परिणत हुने तय गरिएको छ । यसका साथै दिवसकै दिन बीपी चोकमा साँझ ६ बजे दिप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ । महिलाहरुको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।

Previous articleकांग्रेसका १८ जना ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य सम्मानित
Next articleश्रीमान बेपत्ता भएपछि तनावमा परिवार !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here