हलबलडोलीमा लागेको धार्मिक मेला सम्पन्न

डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नं ३ हलबलडोलीमा लागेको चार दिने धार्मिक मेला बिहीबार सकिएको छ । विगत बर्षझै यस बर्ष पनि वडा नम्बर ३ बनकट्टी हलबलडोलीस्थित मियागञ्जमा धार्मिक मेला गत सोमबारदेखि सुरु भएको थियो । मेलामा गागर, चादर चढाउने कार्य भएका थिए ।

धार्मिक तथा सांस्कृतिक रुपमा रहेको यो मेला महत्वपूर्ण रहेको जानकारहरु बताउँछन् । मुस्लिम तथा हिन्दुहरुबीचको साझा मेलाले धार्मिक तथा सामाजिक सदभाव कायम गर्न ठूलो बल पुर्याएको मेला संचालक इसराक अहमद शाहले बताउनुभयो । आस्थाको धरोहरका रुपमा रहेको यो मेलामा पुग्नेहरुले आफुले मागेको चाहना पूरा हुने विश्वास गरिन्छ ।त्यसैकारण यहाँ बाँकेका विभिन्न ठाउँबाट मेला दर्शन गर्न दर्शालुहरु पुग्ने गरेका छन् । मेलाको पहिलो दिनमा राती जलसा कार्यक्रम भएको थियो । मेलालाई भव्य रुपमा सफल बनाउनका लागि भारतका विभिन्न स्थानबाट समेत धर्म गुरुहरु आएका थिए ।

बनकट्टीमा रहेको सुफी सन्त हजरत ईब्राहिम खलिल अहमद शाहको उर्समा लागेको मेलामा विभिन्न धार्मिक कार्य भएका मेलाका संचालक शाहले जानकारी दिनुभयो । सांस्कृतिक, धार्मिक तथा सामाजिक सदभाव कायम राख्नका लागि यो मेलाको महत्वपूर्ण योगदान रहेको स्थानीयहरु बताउँछन् ।

Previous articleघटना ब्यवस्थापन तथा संयन्त्र सम्बन्धी दुई दिने तालिम सम्पन्न
Next articleमहिनावारी व्यवस्थापनका लागि योजना तर्जुमा !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here