महिनावारी व्यवस्थापनका लागि अटोमेटिक मेसिन

तर्कापुर । बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ५ स्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालय तर्कापुरमा महिनावारी स्वच्छता व्यवस्थापनका लागि अटोमेटिक मेसिन जडान गरिएको छ । जडित मेसिनको शुुक्रबार बारबर्दिया नगरपालिकाका उपमयेर अञ्जु दहितले उद्घाटन गर्नुभएको हो ।

सो क्रममा बोल्दै उपमेयर दहितले अटोमेटिक मेसिन जडानपछि बिद्यालयको महिनावारी व्यवस्थापनमा स्वच्छता कायम हुने बताउनुभयो । उहाँले बारबर्दियाका सबै बिद्यालयमा यस्तो खाले मेसिन भएको भए अझ राम्रो हुने धारणा समेत राख्नुभयो ।

किशोरीहरुको महिनावारीलाई स्वच्छ बनाउनका लागि प्लान इन्टरनेशन नेपाल र गेरुवा ग्रामीण जागरण संघले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । यसका साथै उपमेयर दहितले बिद्यालयका जिम्मेवार व्यक्तिलाई यसको उपयोग र दिगोपनाका लागि ध्यान दिन आग्रह गर्नुभयो ।

गेरुवा ग्रामी(ण जागरण संघ बर्दियाले बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम बिद्यालयमा संचालन गरेको छ । सोही कार्यक्रम अन्तर्गत यस बिद्यालयमा अटोमेटिक प्याड निस्कने (भेन्डिङ्ग) र अटोमेटिक प्याड जलाउने (बर्निङ्ग) मेसिन जडान गरेको छ । नेपाल सरकारले बिद्यालयलाई स्तर अनुसार बनाउन सकिने कार्यबिधि अनुसार नै बिद्यालयमा मेसिन जडान गरिएको गेरुवाका कार्यक्रम अधिकृत राधेकृष्ण थारुले जानकारी दिनुभयो ।

Previous articleमाबिस्तरीय अनलाईन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
Next articleबाँकेमा टिप्परको आतंक, प्रधानाध्यापकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here