बाँकेमा टिप्परको आतंक, प्रधानाध्यापकको मृत्यु

नेपालगञ्ज । पुरैनीमा टिप्परको ठक्करबाट एक जना प्रधानाध्यापकको मृत्यु भएको छ । शुक्रबार साँझ नेपालगञ्ज उपमहनगरपालिका वडा नं २२ स्थित शान्ति चोक पुरैनीमा मोटरसाईकलमा कम्दीबाट फर्कदै गर्दा टिप्परले ठक्कर दिँदा भएको दुर्घटनामा ४७ वर्षीय रामदेव मण्डलको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सूचना अनुसार दुर्घटनामा परेका मण्डलको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार सम्भव नभएपछि लखनउ लैजाने क्रममा शुक्रबार साँझ बाटोमा नै मृत्यु भएको हो । यस्तै दुर्घटनामा मण्डलकी १७ वर्षीया छोरी घाइते भएकी छन् । उनको उपचार भइरहेको जनाइएको छ ।

ठक्कर दिने टिप्परका चालक प्रहरी नियन्त्रणमा आइसकेको श्रोतले बताएको छ । मृतक मण्डल बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ मिलन चोक नजिकै बाँकेमा आएदेखि नै शिक्षा क्षेत्रमा लागि साउथ प्वाइन्ट इग्लिस मिडियम स्कुलका प्रधानाध्यापक हुनुहुन्थ्यो । मण्डलले नै डुडुवा गाउँपालिकाको कम्दीमा निजी बिद्यालय संचालनको शुरुवात गर्नुभएको थियो । मण्डलको घर सप्तरी भएपनि २० वर्षदेखि नेपालगञ्जको फुल्टेक्रामा बस्दै आउनुभएको थियो ।

Previous articleमहिनावारी व्यवस्थापनका लागि अटोमेटिक मेसिन
Next articleराप्ती सोनारी गाउँपालिका स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here