नाटा बाँकेको सभापतिमा अन्सारी चयन

नेपालगञ्ज । नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आगामी कार्यकालका लागि सभापतिमा बदरुदिन अन्सारी चयन हुनुभएको छ । शनिबार नेपालगञ्जमा बाँके शाखाको २४ औं वार्षिक जिल्ला सभाबाट सभापतिमा अन्सारीलाई सर्वसम्मत चयन गरेको हो ।

वार्षिक सभाले संस्थाको उपसभापतिमा डा.ज्ञान कुमार बर्मा, सचिवमा नरेन्द्र श्रेष्ठ, सहसचिवमा रचना श्रेष्ठ र ज्ञानेन्द्र कुमार श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा पुर्णलाल चुके, सेमराज शाक्य, ज्ञानु श्रेष्ठ, शिला शाह, नरेन्द्र श्रेष्ठ, प्रशान्त श्रेष्ठ र धर्मराज अर्याल चयन हुनुभएको हो ।त्यस्तै सभाले ४ जनालाई सदस्यमा मनोनित गरेको छ । मनोनित हुनेहरुमा सन्ध्या शर्मा चौवे, शुन्दर शाक्य, डा.शुभास योगी र पवन जयसवाल हुनुहुन्छ । सभाले संस्थालाई सक्रिय बनाईराख्नका लागि दुई वटा उपसमितिहरु समेत गठन गरेको छ । गठित स्वास्थ्य समितिमा डा.बर्मा संयोजक रहने गरी डा.योगी, डा.बिजय प्रधान र शुन्दर शाक्य सदस्य रहनुभएको छ भने परियोजना निर्माण समितिको संयोजकमा चुकेसहित बसन्त लामिछाने, नरेन्द्र र प्रशान्त श्रेष्ठ रहनुभएको छ ।

शान्ति क्षेष्ठको सभापतित्वमा भएको उद्घाटन शत्रमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह लगायतले संस्थाले गर्दै आएको कार्यबारे सुझाव सल्लाह दिनुभएको थियो भने सचिव शुन्दरलाल शाक्ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिक सभाको अवसरमा संस्थाको आजीवन सदस्यता लिएकाहरुलाई प्रमाण प्रदान गरिएको थियो ।

Previous articleराप्ती सोनारी गाउँपालिका स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन
Next articleसामुदायिक मेलमिलापकर्ता समाजको साधारणसभा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here