१११ औं अन्तर्राष्ट्रिय महिला दिवसमा बिबिध कार्यक्रम

नेपालगञ्ज । १११ औं अन्तर्राष्ट्रिय महिला (नारी) दिवसको अवसरमा सोमबार बाँकेको नेपालगन्जमा र्याली, सभा, फुटसल प्रतियोगिता र दिप प्रज्वलन गरी मनाईको छ ।

प्रत्येक वर्ष मार्च ८ का दिन अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रम गर्ने गरिन्छ । यही अवसर पारेर नेपालगञ्जमा र्याली, सभा, फुटसल प्रतियोगिता र दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।

नेपालगञ्जमा रहेका महिलाका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुसंगको समन्वयमा नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा बिहान उपमहानगरपालिका कार्यालयबाट निस्किएको र्याली बीपी चोक, धम्बोझी चोक, घरवारीटोल, त्रिवेणीमाड, चिभुवन चोक हुँदै पुन उपमहानगरपालिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणाले नेपालमा पनि महिलाहरु पुरुषभन्दा धेरै पछाडी नरहेको बताउनुभयो । उहाँले महिलाहरुको सशक्तिकरण अब एउटा सिमासम्म पुगिसेकेकाले सबै खुशी रहेको धारणा राख्नुभयो । महिला र पुरुष दुबै एउटै रथका दुई पाँग्रा हौ, मेयर राणाले भन्नुभयो, हामी मिलेर संसार, परिवार र देश चलाउनुपर्ने बाध्यता छ । मैले भन्दै आएको छु, महिला र पुरुषको बीचमा हरेक दृष्टिकोणले केही गर्नुपर्छ ।

मेयर डा. राणाले नारी दिवस मनाईरहँदा महिलाहरुको साक्षरको बिषयमा फरक भएको अवस्था रहेकाले यस्को अन्त्य एकदमै जरुरी रहेको बताउनुभयो ।यस्तै कार्यक्रमका सभापति एव नेपालगञ्जका उपमेयर उमा थापा मगरले महिलाहरु धेरै अगाडी आइसकेको बताउनुभयो । यो अवस्थासम्म आइसक्दा पनि मात्र आत्मबल, आत्मबिश्वासको कमी रहेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय धेरै पुरुषहरुले समेत महिलाहरुलाई बिभिन्न कठिनाई तथा सफलताका लागि सहयोग गर्ने क्रम समेत बढेको बताउनुभयो ।कोणसभामा जिल्ला प्रहरी प्रमुख ओमबहादुर राना, खजुरा गाउँपालिका उपप्रमुख एकमाया बिक, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य, वडा नं २ का अध्यक्ष सुरेन्द्र हमाल, वडा नं १२ क वडा अध्यक्ष बुद्धिसागर सुबेदी, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख महिला बिकास अधिकृत शोभा शाह लगायत जनप्रतिनिधि र नागरिक समाजका अगुवाइहरुकाका साथै विभिन्न संस्थाका ब्यानरसहित विद्यार्थी भाईबहिनीहरुको उपस्थिति रहेको थियो ।

सो क्रममा महिला दिवसलाई सफल बनाउन सहयोग, समन्वय गरेका संघ संस्थालाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
मैत्रीपूर्ण फुटसलमा प्याब्सन बिजयी
महिला दिवसको अवसरमा सोमबार आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्याब्सन टिम बिजयी भएको छ । नेपालगञ्जको न्युरोडस्थित नेपालगञ्ज फुटसल खेल मैदानमा भएको प्रतियोगितामा प्याब्सनले नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेलाई पराजित गर्दै बिजेता बन्न सफल भएको हो ।

प्याब्सनले घरेलुलाई दुई गोलले पराजित गरेको हो । यस्तै प्रतियोगितामा घरेलु टिम उपबिजेता बन्न सफल भएको छ । उसले जनप्रतिनिधिलाई पराजित गर्दै उपबिजेता बन्न सफल भएको हो । उसले जनप्रतिनिधिलाई दुई गोल गरेर पराजित गरेको हो ।

त्यस्तै प्रतियोगितामा अन्तरपार्टी महिला संजाल बाँके तेस्रो हुन सफल बनेको छ । बिजेता सबै टिमलाई प्रमाण पत्र तथा ट्रफी प्रदान गरिएको छ । बिजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सुमित्रा चौधरी, उपमेयर उमा थापाले पुरस्कार प्रदान गर्नुभएको थियो ।

दिप प्रज्वलन
महिला दिवसकै अवसरमा नेपालगञ्जको सेतु बिक चोकमा दिप प्रज्वलन गरिएको छ । सोमबार साँझ नेपालगञ्ज सेतु बिक चोकमा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन कार्यक्रममा नेपालगञ्जका बिभिन्न संघ संस्था, नेपालगञ्जका उपमेयर उमा थापा, कार्यपालिका सदस्य मञ्जु नेपाली, वडा नं १० का वडा सदस्य बसन्ता जोशी, वडा नं २ का वडा स्दस्य आशा बिष्ट, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शोभा शाह लगायतको उपस्थिति रहेको थियो । यस वर्षको महिला दिवसलाई सफल बनाउन अम्बिका पुनको संयोजकत्वमा कार्यदल समिति निर्माण गरिएको थियो ।

Previous articleनरैनापुरमा आगलागी, २५ घर जलेर नष्ट (तस्बिरसहित)
Next articleशिक्षक संगठन बाँकेले मनायो नारी दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here