
नेपालगञ्ज । नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले १११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस एक कार्यक्रम गरेर मनाएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको महिला विभागले नेपालगंजमा अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाएको हो ।
उपाध्यक्ष तथा महिला विभाग प्रमुख रेखा धितालको सभापतित्व भएको कार्यक्रममा शिक्षक संगठन केन्द्रीय सचिव अम्बिका चापागाइ प्रमुख अतिथी तथा केन्द्रीय सदस्या एकदेब पन्थी बिशिष्ट अतिथी रहनु भएको थियो ।
बाँकेका ८ वटा स्थानीय तहबाट शिक्षक संगठनमा आबद्ध करिब २०० शिक्षकको उपस्थितीमा कार्यगरिएको थियो । कार्यक्रममा शिक्षक संगठनले २०७७ सालको तीजमा आयोजना गरेको तीज गीत प्रतियोगीतामा प्रथम द्धितिय तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने लक्ष्मी खनाल, उषा अधिकारी, तारा न्यौपाने र सरस्वती बराललाई नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।
त्यस्तै सहभागी महिला शिक्षकबिच कुर्सी दौड प्रतियोगीता सम्पन्न गरी बिजेतालाई पुरस्कार बितरण गरिएको थियो । कार्यक्रम साहित्यकार महानन्द ढकाल तथा शिक्षकहरुले आआफ्ना श्रृजना बाचन गनुृभएको थियो । कार्यक्रमको सञ्चालन बिमला रावतले गर्नुभएको थियो ।





