चैत्र ५ गतेदेखि हुने महोत्सवको मिति सर्यो

नेपालगञ्ज । नेपालवगञ्जमा यही चैत्र ५ गतेदेखि हुने भनिएको महोत्सव सो मितिमा नहुने भएको छ । आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी निर्धारित मितिमा महोत्सव हुन नसक्ने जनाएको हो ।

ए.जी.सर्भिस प्रा.लि.नेपालगञ्ज बाँकेले आयोजना गर्न लागेको ब्यापार पर्यटन कृषि सांस्कृतीक महोत्सव २०७७ तेस्रो नेपालगञ्ज महोत्सवको मिति सारिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । ।

यसअघि नै पत्रकार सम्मेलन गरि चैत्र ५ गते देखि चैत्र १२ गते सम्म मेला महोत्सव संचालन हुने जानकारी दिएपनि हाल केही व्यक्तिगत समस्या कारण देखाएर आउने चैत १२ गते देखि २२ गते सम्म महोत्सवको तालिका निर्धारण गरिएको छ।

पत्रकार सम्मेलनमा प्रास्लि अध्यक्ष नन्द बहादुर बुढाले बिषेशत कृषि सम्बन्धी कार्यलाई अगाडि बढाई रोजगारको वातावरण सिर्जना गर्ने लक्ष्यका साथ महोत्सवलाई अलिकति पर सारिएको बतचाउनुभयो । यसै लक्ष्यलाई आत्मासाथ गर्दै बहु आयामिक र पर्यटन व्यवसायलाई प्रोत्साहन तथा सामाजिक उत्तरदायित्व बहन हुने गरी आयोजनामा गर्न लागिएको यस ब्यापार पर्यटन कृषि सांस्कृतिक महोत्सव २०७७ लाई झण्डै २ लाख ५० हजार भन्दा बढि अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।

काम गर्दै गर्दा समय अपुग भएको महसुस भएको हुँदा पुनः समय सारेर महोत्सवको समय निर्धाण गरिएको आयोजकले स्पष्ट पारेको छ ।

Previous articleरनिङ शिल्डमा जुट्यो खजुरा
Next articleजिल्लामै पहिलो खजुराको ३ नम्बर वडा बालविवाह मुक्त वडा घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here