नेपालगञ्जमा मेकअप स्टुडियो संचालन

नेपालगञ्ज । नेपालगन्जमा सोमबारदेखि आशु मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टर सन्चालनमा आएको छ । उक्त स्टुडियो एण्ड ट्रेनिङ सेन्टरको मिस नेपालगन्ज सुमन थापाले एक समारोहकाबीच उद्घाटन गर्नुभएको हो ।

मेकअपका सम्पूर्ण सामानसहित तालिम समेत दिइने स्टुडियो एण्ड ट्रेनिङ सेन्टर राधिका ढुंगानाले सन्चालनमा ल्याउनुभएको हो । सौन्दर्य पारखीहरुलाई लक्षित गरी ल्याइएको स्टुडियो एण्ड ट्रेनिङ सेन्टरले सस्तो तथा सुलभ सेवा प्रवाह गर्ने संचालक ढुंगानाले बताउनुभयो ।

न्युरोड नेपालगन्जको पुर्बी रोडमा संचालनमा ल्याइएको उक्त स्टुडियोले गुणस्तरीय सेवा प्रवाह गर्ने उहाँको भनाइ छ । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दैै मिस नेपालगन्ज थापाले सौन्दर्यप्रतिको बुझाइ सकारात्मक बनाउन जरुरी रहेको बताउनुभयो ।

उहाँले स्टुडियो एण्ड ट्रेनिङ सेन्टरले दक्ष जनशक्ति उत्पादन गर्दै रोजगारको वातावरण सिर्जना गर्ने धारणा समेत राख्नुभयो । उद्घाटनलाई लक्षित गरेर स्टुडियो एण्ड ट्रेनिङ सेन्टरले आफ्नो सेवा प्रवाहमा अफरको घोषणा गरेको छ ।

यो हप्ताभरी मेकअपमा ३० प्रतिशत छुट दिइएको संचालक ढुंगानाले बताउनुभयो । राजधानीमा दक्ष अनुभव तालिम प्राप्त गरि ८ बर्ष सम्मको अफ्नो अनुभवलाई आफ्नै ठाउँमा प्रयोग गर्न पाउँदा खुशी महशुस गरेको ढुंगानाको भनाइ छ ।

Previous articleजिल्लामै पहिलो खजुराको ३ नम्बर वडा बालविवाह मुक्त वडा घोषणा
Next articleआगलागी पिडितलाई एमालेले बाड्यो राहत सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here