आगलागी पिडितलाई एमालेले बाड्यो राहत सामाग्री

नेपालगञ्ज । नेकपा एमाले पार्टी बाँकेले आगलागी पिडितलाई राहत प्रदान गरेको छ । पार्टीले मंगलबार पिडितको घर आँगनमा पुगेर आगलागी पिडितलाई राहत प्रदान गरेको हो ।

एमाले युवा नेता सोहनलाल यादवका अनुसार नरैनापुरको सुईयामा भएको आगलागी पिडितलाई मंगलबार २५ परिवारलाई चामल, दाल, नुन र तेल राहत स्वरुप प्रदान गरिएको छ । राहत बितरण गर्न नेकपा एमाले केन्द्रीय सदस्य देवराज भार, पुजन बिश्वकर्मा र बाँके जिल्ला अध्यक्ष सुर्य ढकाल पुग्नुभएको थियो ।

सोमबार बिहान सुईयामा भएको आगलागीमा परि २२ वटा घर पूर्ण रुपमा क्षति भएका छन् भने लाखौंको धनमाल जलेर खरानी भएका छन् । आगलागीमा अन्य घरमा समेत क्षति पुगेको छ ।

आगलागीबाट पिडित भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबारै प्रत्येक परिवारलाई १५ हजार नगद सहयोग प्रदान गरिसकिएको छ ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटीले तत्काल बन्दोबस्तीका सामानहरु उपलब्ध गराएको छ ।

Previous articleनेपालगञ्जमा मेकअप स्टुडियो संचालन
Next articleमहिला लक्षित पत्रकारिता तालिम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here