महिला लक्षित पत्रकारिता तालिम सम्पन्न

नेपालगञ्ज । मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) र नेपालगंज उपमहानगरपालिका वडा नं.४ को आर्थिक सहयोगमा महिलाहरुलाई लक्षित १० दिने पत्रकार तालिम समापन भएको छ ।

कार्यक्रममा बोल्द नेपालगंज उपमहानगरपालिका मेयर डा.धवल शम्सेर राणाले पत्रकारिता पेसालाई इमान्दार रुपमा अगाडि बढाउन मिसन पत्रकारिताको थालिनी गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारीता क्षेत्रमा लागेका महिला पत्रकारको कामको मुल्याङ्कन संगै प्रोत्साहन गर्ने चलन कमै मात्र भएकोले अब प्रोत्साहन बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तालिममा सहभागि महिला पत्रकारहरुको क्षमता अभिबृद्ध देखेर हर्षित भएको बताउदै पत्रकारीता तालिमका लागि आवश्यक सयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । तालिमको समापन कार्यक्रममा बरिष्ट पत्रकार उदाय बहादुर सिहं श्रेष्ठलाई सम्मान गरिएको थियो ।

पत्रकारिता मार्फत नागरिकको आर्थिक सामाजिक उत्थानका सवालमा निस्वार्थ भावले कलम चलाएको भन्दै मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मेयर राणाले पत्रकार श्रेष्ठलाई प्रमाण पत्र र २ हजार १ सय रुपिया नगद राशी सहित सम्मान गर्नुभएको थियो ।

यस्तै तालिमलाई सफल बनाउन आर्थिक सहयोग गर्नु हुने नेपालगंज उपहानगरपालिका वडा नं ४ लाई सम्मान गरिएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रीय सदस्य ऋषि राज देवकोटाले पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले अनिमियतता रोक्ने कार्यमा पनि उत्तिकै भूमिका रहेको बताउनु भयो ।

युथ टुडेका प्रबन्ध निर्देशक मोहम्मद ज्याउल हकले पत्रकारितामा महिलाको उपस्थितिले महिला अधिकारका मुद्दा उठान गर्न केही न केही सहयोग पुग्ने बताउनुभयो ।

नेपालगंज ४ का अध्यक्ष मेहम्मद सफिक बेहनाले महिला पत्रकारको न्यून उपस्थितिले महिला अधिकारको मुद्दा जुन रुपमा उठान हुनुपर्ने हो, त्यो उठान हुन नसकेकोले मुद्दाहरु उठान गर्नका लागि तालिम संचालन गरेको बताउनुभयो । उहाँले भविष्यमा पनि थप पत्रकारहरु उत्पादन गर्ने तर्फ ध्यान दिने बताउनु भएको थियो ।

यता तालिममा सम्मानित हुनु भएका बष्टि पत्रकार श्रेष्ठले रैथाने पत्रकारहरुलाई दबाएर बाहिरबाट पलायन भएकाहरुले नेतृत्व लिई रहेकोले संगठित भएर आवाज उठाउन जरुरी रहेको बताउनु भयो ।

पत्रकारिता अत्यन्तै महत्वपूर्ण र शक्तिशाली पेशा हो । हुरीपपका अध्यक्ष आलम खानले भन्नुभयो, यसको सदुपयोग वा दुरुपयोग, यो शक्ति कसको हितमा प्रयोग गर्ने भन्ने कुरा एक पत्रकारको कलम र बोलीमा निर्भर हुन्छ । अनि उसको बोली र कलम उसको सोचबाट सञ्चालित हुन्छ ।

१० दिन सम्म चलेको प्रशिक्षणमा १७ जना पत्रकारहरुहरुको सहभागिता रहेको थियो भने क्रियाशील पत्रकार तथा प्राध्यापक डक्ट प्रसाद धिताल, गोपी बुढा, प्रलाहद विश्वकर्मा, रामु ओली र आलम खानले सहजीकरण गर्नु भएको थियो । समापन कार्यक्रम वडा सदस्य इन्दीरा शाही, मेनका बैद्य, मिडिया नेपालका केन्द्रीय सदस्य काशी शर्मा, वडा सचिव गौरी शाही, राजकुमार कार्की लगायतले शुभ कामना दिनु भएको थियो भने कार्यक्रमको संचालन असलम भाट र प्रेरणा गिरीले गर्नु भएको थियो ।

Previous articleआगलागी पिडितलाई एमालेले बाड्यो राहत सामाग्री
Next articleउपमहानगरपालिकामा सर्वदलीय बैठक, यातायातलाई जग्गा दिने निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here