
बारबर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकास्थित दुई वटा बिद्यालयमा जलवायु परिवर्तनका कारण हुन सक्ने बिपद जोखिम न्युनिकरणका लागि योजना तर्जुमा तथा जोखिम क्षेत्र नक्सांकन गरिएको छ । नगरपालिकाको वटा नं ४ रानीपुर स्थित कुश्मादेवी आधारभूत बिद्यालय र वडा नं ५ स्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालय तर्कापुरमा बिद्यालयमा आउने सक्ने बिपद जोखिम न्युनिकरणका लागि योजना जर्तुमा गरिएको छ भने जोखिम क्षेत्रको पहिचान गर्दै नक्सांकन गरिएको हो ।
बिपदका बेला बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई सुरक्षित बनाउनका लागि योजना तर्जुमा गरिएको र बिद्यालय हाताभित्र रहेका जोखिम क्षेत्रको पहिचान गर्दै नक्साँकन गर्ने कार्य गरिएको बिद्यालयले जनाएको छ । बिद्यालयलाई सुरक्षित बनाउनका लागि प्लान इन्टरनेशन नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाद्धारा संचालिन सवलीकृत समुदाय उत्थानशील परियोजना अन्तर्गत बिद्यालय स्वाच्छता कार्यक्रममार्फत बिद्यालयमा यस्तो कार्यक्रम गरिएको हो ।
दुबै बिद्यालयमा दुई दिनसम्म संचालन भएको कार्यशालामा वडा नं ४ का बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कडेलले योजना समयभित्र पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ भने वडा नं ५ बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्लुराम थारुले यस कार्यले बिद्यालयलाई सुरक्षित रहन सर्तक गराएको बताउनुभयो । उहाँले तर्जुमा गरिएको योजना कार्यान्वयनका लागि आर्थिक वर्ष २०७८ मा बजेट बाँडफाँट गर्ने प्रतिबद्धता जनाउनुभयो ।
दुई वटै बिद्यालयले बिपद जोखिम न्युनिकरण कार्यक्रम बिद्यालय सुधार योजनामा समेत समाबेश गर्ने बताएका छन् । कार्यशालालाई हरि सुबेदीले सहजीकरण गर्नुभएको गेरुवाका कार्यक्रम अधिकृत राधेकृष्ण थारुले जानकारी दिनुभयो ।





