बाँकेमा बिहेकाे गाडी दुर्घटना हुँदा ३० जना घाईते, १ गम्भीर

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.३ स्थित बैसा भन्ने स्थानमा बिहेको गाडी दुर्घटना हुँदा ३० जना घाईते भएका छन् ।

राप्तीसाेनारी बस्ने पत्रकार हेमन्त चाैधरीका अनुसार शुक्रबार राती १० बजे राप्तीसोनारी ३ खैरहनीबाट बिहेको लोकन्ती (दुलही पठाउन) दाङको मौरीघाट जाँदै गरेको ना ३ ख ९७५७ नम्बरको बस सडकबाट पल्टिएको हो ।

दुर्घटनामा ३० जना घाईते भएका छन भने १ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घाईते सबैको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । बसका चालक भने फरार भएका छन् ।

Previous articleबिपद जोखिम न्युनिकरण गर्न दुई बिद्यालयमा योजना तर्जुमा
Next articleनरैनापुर गाउँपालिकामा योगाभ्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here