नरैनापुर गाउँपालिकामा योगाभ्यास

नरैनापुर । नरैनापुर गाउँपालिकामा आज योगाभ्यास गरिएको छ । हाम्रो नरैनापुर, राम्रो नरैनापुर, अब दुर्गम होईन सुगम नरैनापुर भन्ने नारा सहित योग समिति नेपाल केन्द्रिय समिति नेपालगन्जकोे आयोजनामा योगाभ्यास गरिको हो ।

योगगुरु गिरीराज भट्टराईको अध्यक्षता नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहको प्रमुख आतिथ्यमा भएको योगाभ्यास कार्यक्रमको सहजीकरण गाँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत महेन्द्रजंग शाहीले गर्नुभएकाे थियो ।

योगाले एक ब्यक्तिबाट अर्काे ब्यक्ति, एक समुदायबाट अर्काे समुदाय जोडने काम गर्ने गरेको, मनलाई शान्त तथा शरीरलाई स्वस्थ्य राख्ने गरेको बताउँदै योगगुरु भट्टराईले योगसँग जोडिने गाउँपालिकाका युवाहरुलाई आग्रह गर्नुभयाे ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले योगा मानिसको मन मस्तिष्कलाई स्वस्थ्य र तरोताजा बनाउने गरेकोले लक्षित बर्गलाई योगासँग जोडन अनौपचारिक रुपमा आवश्यक पहल गरिने बताउनुभयाे ।

नरनापुर गाउँपालिकाका नागरिकलाई योगासँग जोडनका लागि योग समितिले सो क्षेत्रका लागि केही युवा प्रशिक्षकहरुलाई प्रशिक्षण दिएर नियमित योगाभ्यास गराने तयारी समेत गरेको जनाएको छ ।

शनिवार नरैनापुर, २ लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भको योगाभ्यास कार्यक्रममा अध्यक्ष श्री ईस्तियाक अहमद शाह, प्रमुख प्रशाशकीय अधिकृत महेन्द्र जंग शाही २ नं वडा अध्यक्ष मसुद अहमद शाह, ३ नं. वडाध्यक्ष राजकुमार मौर्य प्रशाशन शाखा प्रमुख भरत महतो, योजना शाखा प्रमुख बिजय यादव, सुचना अधिकारी लक्ष्मीकान्त मिश्र र स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाह लगायत १ सय ५० जना बढीको सहभागिता रहेको थियो ।

Previous articleबाँकेमा बिहेकाे गाडी दुर्घटना हुँदा ३० जना घाईते, १ गम्भीर
Next articleखजुरा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here