हुम्ला पुग्यो विष्फोटक पदार्थ !

राजन रावत, सिमकोट । कर्णाली करिडोर निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ हुम्ला पुगेको छ।

मंगलबार बिहान सुर्खेतबाट नेपाली सेनाको जहाजले उक्त विष्फोटक पदार्थ हुम्ला ढुवानी गरेको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख सुन्दुसदाल लामाले बताउनुभयो ।

आयोजनाका चार वटा योजनाको निर्माण कार्य विष्फोटक पदार्थको अभावले बन्द भएको थियो । अब नियमित रुपमा काम सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो । ३० हजार केजी जिलेटिन सेनाको जहाजले दुई फ्लाईट गरेर सिमकोट ओसारेको हो ।

शब्द/तस्बिर : देशसञ्चार

Previous articleअभिनेत्री केकीको नयाँ लुक्स ?
Next articleएन्फा प्रेसिडेन्ट लिगमा धादिङको फराकिलो जित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here