
नेपालगञ्ज : मेरो प्लानेटले आफ्नो औपचारिक उदघाटनका अवसरमा ‘युत्सव ट्यालेन्ट फेस्टिभल’को आयोजन गरि नेपालगञ्जका युवा कलाकारहरूलाई ठूलो पर्दामा खेल्ने अवसर जुराएको छ ।
फिल्म निर्देशक शोभित बस्नेतले नेपालगञ्जका कलाकार जास्मिन थापा, काजल शाही, प्रांजल गुप्ता, किशोर हमाल र अर्जुन कार्कीलाई आफ्नो आउने नया फिल्ममा खेल्ने अवसर प्रदान गर्नुभएकाे हाे ।
‘युत्सव ट्यालेन्ट फेस्टिभल’मा देशभरीबाट आएका तीस कलाकारमध्ये विदुषा डान्स ग्रुपले एक लाखको नगद प्रथम पुरस्कार पाउन सफल भएको छ । त्यसै गरि पचास हजारको दोस्रो र तीस हजारको तेस्रो पुरस्कार क्रमशः सगरमाथा डांस सेन्टर र रायल डांस एकेडमीले प्राप्त गरेका छन् ।
फिल्म निर्देशक शोभित बस्नेत, चर्चित लोक गायक कमल निर्मोही र नृत्य निर्देशक नवराज सुबेदीले सो प्रतियोगितामा जजको भूमिका निर्वाह गर्नुभएकाे थियाे ।
उक्त अवसरमा मेरो प्लानेटले आफ्नो नया क्विक सर्भिस रेष्टुरेण्ट चटकारेको पनि उदघाटन गरेको छ । चटकारेले मेरो प्लानेट परिसर भित्र विभिन्न प्रकारका पेय पदार्थ, चाटका परिकार, नेपाली खाना, भारतीय तथा दक्षिण भारतीय खाना, चिनियाँ परिकार र इटालियन खाना पनि उपलब्ध गराई रहेको छ ।
यसैगरि मेरो प्लानेटले आफ्नो वाटरपार्क हिपहिप हुर्रे पनि सञ्चालनमा ल्याएको छ । बिहान १० देखि राति १० बजेसम्म सञ्चालन हुने सो पार्कमा रेन डांस, म्यूजिक सिस्टम, डीजे, पानीको झरना, मान्छे उडाउने स्लाइड, विश्वको पाँचौ सबैभन्दा ठूलो गरि चार वटा स्विमिङ पुल रहेका छन् । पार्कमा पुगेका गेस्टले आफ्नो अनुभव अतुलनीय रहेको बताएका छन् ।





