स्टिम शिक्षा सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम ठाकुरद्धारा शुरु

ठाकुरद्धारा । प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय सुर्खेत तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारिमा संचालित सिकाइ परियोजनाका कर्मचारि तथा सस्थाका पदाधिकारीहरुका लागी स्टिम शिक्षा सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम ठाकुरद्धारा बर्दियामा शुरु भएको छ ।

चैत ७ गते देखि ९ गते सम्म संचालन हुने उक्त तालिमलाई काठमाण्डौं विश्वविद्यालयका सहायक प्राध्यापक तथा कार्यवाहक स्टिम शिक्षा विभाग प्रखुम विनोद प्रशाद पन्तले सहजिकरण गरिरहनुभएको छ ।

तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टेग्रेटेड पाठ्यक्रममा पक्षहरुमा प्रशिक्षण हुनेछ ।तालिम सहभागीहरुलाई स्वागत तथा सुभारम्भ गदै यस तालिमले परियोजना कर्मचारिहरुको क्षमता अभिवृद्धि हुनुका साथै कार्यक्षेत्रमा यसको कार्यान्वयनका लागी महत्वपुर्ण भुमिका को रुपमा रहने स्याक नेपाल बाँकेका टिमलिडर नेत्रकला शाहीले बताउनु भयो ।

तालिमले स्टिम शिक्षाको अवधारणामा स्पस्ट हुन, इस्टिम शिक्षा र इन्टेग्रेटेड पाठ्यक्रमलाई स्थानिय तहमा कार्यान्वयन गर्न तालिम सहयोगी हुनेछ । उक्त तालिमममा परियोजना कर्मचारि र सस्थाका पदाधिकारी गरि ११ जना को सहभागीता रहेको छ ।

Previous articleनयाँ साउदी पहिलेकाे तुलनामा धेरै परिवर्तन
Next articleनरैनापुरको मोतीपुरमा आगलागी एक घर नष्ट (फोटोफिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here