
नेपालगञ्ज । बाँके प्रहरीले प्रतिकुल वयान दिने फरार एक महिला अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले कोहलपुर नगरपालिका वार्ड नं.७ बस्ने २५ वर्षीया ईन्द्रा कुमारी भण्डारीलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० क्षेत्रबाट आइतबार पक्राउ गरेको जनाएको छ ।
भन्ण्डारीले जबरजस्ति करणी मुद्दामा जिल्ला अदालत बाँकेमा वयान दिने क्रममा प्रतिकुल वयान दिएपछि झुटो जाहेरी दरखास्त दिएको अभियोगमा पक्राउ गरिएको हो ।
अदालतले कार्तिक ७ गतेको फैसलाले भण्डारीलाई १० दिन कैद र रु १,०००।– जरिवाना तोकेका थियो । अदालतले जरिवाना तोकेको समयदेखि नै भण्डारी फरार रहेको रहेको जनाइएको छ । भण्डारीलाई जिल्ला अदालत बुझाइएको छ ।





