कोरोना संक्रमण फेरि बढ्न सक्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । पछिल्लो समय छिमेकी भारत लगायतका विभिन्‍न मुलुकहरुमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमण बढ्न सक्ने जनाएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालमा संक्रमण बढ्न सक्ने अवस्थालाई अवस्थालाई मध्यनजर गर्दै सभा, जुलुस, गोष्ठी नगर्न आग्रह गरेको छ । विशेषगरि पुस ५ गते संसद् विघटनपछि देशभर सभा, जुलुस, सेमिनार लगायतका गतिविधिहरु बढिरहेका छन् ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “विगत केही हप्तादेखि विश्‍वभर खासगरि छिमेकी देशहरुमा कोभिड-१९ को संक्रमण बढ्दो क्रममा देखिएका छ । नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जनघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्न हुन हार्दिक अनुरोध छ ।”

त्यसैगरि सामाजिक र भौतिक दूरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग लगायत मन्त्रालयबाट विगतमा जारी गरिएको अन्य जनस्वास्थ्यका मापदण्डहरु समेत पालना गरि कोभिड-१९ को संक्रमण रोकथाममा सहयोग गर्न सरोकारवालालाई आग्रह गरेको छ ।

Previous articleप्रतिकुल वयान दिने फरार अभियुक्त पक्राउ
Next articleकुटपिट तथा लुटपाट मुद्दाका अभियुक्त पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here