
नेपालगञ्ज । बाँके प्रहरीले कुटपिट तथा लुटपाट मुद्दाका फरार अभियुक्तर्ला पक्राउ गरेको छ ।
प्रहरीले बाँकेको खजुरा गाउँपालिका वडा नं.३ उढरापुर बस्ने ४७ वर्षीय राम कुर्मि भन्ने जंगु वर्मालाई कुटपिट तथा लुटपाट गरेको अभियोगमा पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेले मंसिर २१ गतेको फैसलाले बर्मालाई रु.१५,०००।– जरिवाना तोकेको थियो । त्यसपश्चात बर्मा फरार थिए ।
फरार रहेका बर्मालाई प्रहरी टोलीले आइतबार पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाईको प्रहरीले जनाएको छ ।





