अभिनेत्री मुर्खजीले जन्मदिन मनाउँदै, ‘मिसेज चटर्जी भर्सेज नार्बे’ निर्माण गर्ने घोषणा

बलिवुड अभिनेत्री रानी मुर्खजीले आफ्नो जन्मदिनको अवसरमा नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन् ।

नायिका मुर्खजीले आइतबार परेको जन्मदिनको अवसरमा ‘मिसेज चटर्जी भर्सेज नार्बे’ नामक नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेकी हुन । यो चलचित्रलाई आशिमा छिब्बरले निर्देशन गर्ने छन् ।

यो चलचिलको सुटिङ्ग छिट्टै शुरु हुने समेत बताइएको छ । चलचित्रलाई जी स्टुडियो, मनिषा आडवाणी, मधु भोजवानी, निखिल आडवाणी मिलेर निर्माण गर्नेछन् ।

यसका साथै नायिका मुर्खजी चलचिल ‘बन्टी और बबली-२’ मा देखिने भएकी छन् । २००५ मा बनेको ‘बन्टी और बबली’ को दोस्रो पार्टका रुपमा यो चलचित्र निर्माण हुने बताईन्छ ।

Previous articleकुटपिट तथा लुटपाट मुद्दाका अभियुक्त पक्राउ
Next articleमागमा आधारित कार्यक्रम गर्ने अध्यक्ष कक्षपतिको प्रतिबद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here