तुलसीपुरमा स्कुल बस दुर्घटना, २ काे मृत्यु, १५ घाइते

दाङ । दाङ तुलसीपुरमा स्कुल बस दुर्घटनामा परेको छ ।  दुर्घटनामा परी २ जना विद्यार्थीको मृत्यु भएको छ भने १५ जना घाइते भएको प्रहरीले जनाएको छ।

मंगलबार विहान तुलसीपुर स्थित ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा तुलसीपुर-१६ की अस्मिता बस्नेत र किरण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बस्नेतको घटनास्थलमै मृत्यु भएको र चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो । दुर्घटनामा घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तुलसीपुरको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुर कलेजतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस वडा नम्बर १५ को सरैयामा दुर्घटनामा परेको हो ।

Previous articleसैनिक युथद्वारा घरेलु टाेली धम्बाेझी क्लब पराजित
Next articleरिहानालाई मट्टीतेल छर्कि आगो लगाउने हनिफ ७ वर्षपछि पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here