
नेपालगञ्ज । बाँके हिरमिनियाकी रिहाना ढपालीलाई जिउँदो जलाउने व्यक्तिलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । बाँके प्रहरीले दाइजो निहुँमा शरीरमा मट्टितेल छर्केर जिउँदै आगो लगाउने हनिफ शेषलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
२३ वर्षीया रिहानालाई नरैनापुर गाउँपालिका वडा न २ स्थित घरमा आगो लगाई ज्यान मार्ने मुद्दामा प्रहरीले आरोपी हनिफलाई नरैनापुर गाउँपालिका वडा नं १ सूईयामा लुकिछिपी बसेको अवस्थाबाट पक्राउ गरिएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेका प्रहरी प्रमुख प्रहरी निरिक्षक बसन्त गौतमको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा शेषलाई पक्रउ गरेको हो । हनिफले रिहानालाई दाइजो नल्याएको निहुँमा २०७० साल चैत्र २ गते मट्टितेल छर्केर ज्यान मार्ने प्रयास गरेका थिए ।
पक्राउ ब्यक्तिको बिवरण :
नामथर : हनिफ शेष
ठेगना : जिल्ला बाँके नरैनापुर गा.पा.वडा नं.-२
उमेर : ७५ बर्ष
पेशा : कृषी
घटना सम्बन्धमा थप बिवरण :
घाईते रिहाना ढपाली प्रतिवादी हनिफ शेष ९ढपाली० को बुहारी मो।फरिद शेष ढपालीको श्रीमति रहेको ।
प्रतिवादीहरुले घाईते संग दाईजो वाफत मो।सा। तथा नगद माग गरेको ।
जाहेरवालाले मो।सा। तथा नगद दाईजो उपलब्ध गराउन नसके पछी रिहाना ढपाली सुतिरहेको स्थानमा मट्टितेल छर्कि आगो लगाई घाईते बनाएको ।
तत् पश्चात सो घटना बारेमा स्थानिय मानिस तथा प्रहरी लाई खबर नगरि उपचारको लागि भारत लिई गएको ।
भारतमा केही समय उपचार पछी घरमा ल्याई माईती पक्ष लाई जानकारी गराएको ।
तत् पश्चात माईती पक्षले प्रहरी लाई जानकारी गराएको ।
घाईतेको तत्काल भेरी अस्पतालमा उपचार भई थप उपचारको सहयोगी संग रसंस्थाको सहयोगमा काठमाण्डौ लगि थप उपचार भएको ।
प्रतिवादीहरु तत्कालै घर छोडी फरार रहेको ।
सो घटनामा संलग्न घाईतेको श्रीमान ९फरिद शेष ढपाली० र सासु ९सजहाद खाँ० हाल सम्म फरार रहेको ।





