
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्रका ७ वटा सामुदायिक विद्यालयमा हात धुने स्थान (हेण्ड वास स्टेशन) निर्माण गरिएको छ । बिद्यालयमा स्वच्छता स्तर बढाउन गेरुवा ग्रामिण जागरण संघ बर्दियाले हात धुने स्थान (स्टेशन) निर्माण गरेको हो ।
एसएनभी नेपाल र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त सहयोग र सहकार्यमा संघले नेपालगञ्जको नारायण मा.बि., महेन्द्र मा.बि, जगत ज्योती मा.बि., महाराजा मा.बि, कारकाँदो मा.बि र सल्यानी बाग माध्यमिक बिद्यालयमा सो स्थान निर्माण गरिएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूले जनाएका छन् ।
१२ वटा धाराबाट एकै पटक खानेपानीका लागि प्रयोग गर्न सकिने सो स्टेशनमा मोटर, जिआई पाईप, ट्याँकी जडान गरिएको छ । एउटा स्टेशन निर्माणका लागि ७५ देखि ८० हजार सम्म खर्च लागेकोे संस्थाका अध्यक्ष कृष्णजँग शाहले बताउनुभयो ।
नेपालगञ्जमा सञ्चालित शहरी सरसफाई तथा स्वच्छता प्रवर्द्धन परियोजना अन्तर्गत नेपालगञ्जका ५ वटा वडाको बिभिन्न समुदायहरूमा धारा निर्माणमा सहयोग समेत गरिएको छ ।
नेपालगञ्ज वडा नम्बर २२ को किंगरियनपुरमा नयाँ धारा निर्माण गर्नुका साथै वडा नम्बर ६, १३, २१, १४ र १५ मा धारा मर्मतमा संस्थाले सहयोग गरेको छ । उक्त कार्यका लागि प्रति धारा १५ हजार बढी सहयोग गरिएको छ ।
परियोजना अन्र्तगत १७ वटा माबिलाई ३० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । यसैगरी १० वटा वडाको १० वटा टोल स्तरीय समिति गठन गरिएको छ ।





