
नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिस बिगा गाउँमा आगलागि भएको छ ।
घरमा बालेको आगोबाट आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । त्यस गाँउमा प्राय सबैको फुसका छाना भएका घर छन ।
मंगलबार दिउसो करिब १ बजेको समयमा आगलागी भएको थियो । नरैनापुर गाउँपालिकाको दमकल, प्रहरी, शसस्त्र प्रहरी र स्थानियहरुको प्रयासमा आगलागि नियन्त्रणमा लिईएपनि आगलागीबाट करिब ६ घर जलेर नष्ट भएका छन ।
यद्यपी आगलागीबाट मानविय क्षती भने नभएको स्थानिय प्रहरीले जनाएको छ । यसअघि समेत आगलागीबाट नरैनापुरको सुईया गाँउका २२ घर जलेर नष्ट भएका थिए ।
नरैनापुर गाउँपालिमा याे सिजनमा ४ पटक आगलागी भईसकेकाे छ ।





