
नेपालगञ्ज । बागेश्वरी मन्दिर गुठिको जग्गा देखिएको भएको भन्दै कारोबार रोकिएको बाँके जानकी गाउँपालिका वडा नं ३ स्थित करमोहनाको जग्गाको कारोबार खुला हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा मंगलबार भएको सर्वपक्षिय छलफलपछि करमोहनामा कारोबार रोकिएको करमोहना क्षेत्रको जग्गाको कारोबार खुल्ला गरिने भएको हो ।
करमोहना रैकर गुठी संघर्ष समितिका अनुसार जानकी गाउँपालिका वडा नं ३ (इन्द्रपुर ३ क) को करिब ८४ बिगाहा जग्गाको कारोबार रोकिएको थियो ।
मंगलबार भएको सवएपक्षिय बैठकमा जग्गाधनीहरु, बाँकेका प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालय बाँके, नापी कार्यालय बाँकेका प्रमुख, नगर वडा अध्यक्ष लगायतको पहलमा समस्या समाधान गरिएको संघर्ष समितिका प्रवक्ता सन्तकुमार बर्माले जानकारी दिनभुयो ।
यसैबीच करमोहनाको विवाद समाधान भएको खुशियालीमा मंगलबार साँझ नै दिप प्रज्वलन गरिएको छ । मंगलबार साँझ संघर्ष समितिका पदाधिकारी, स्थानीयको सहभागितामा करमोहना गाउँ चोकमा दिप प्रज्वलन गरि खुशियाली मनाइएको हो ।





