जानकीमा संचालित पालिकास्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न

नेपालगन्ज । बाँके स्थित जानकीमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता भब्यताका साथ मंगलबार सम्पन्न भएको छ । गाउँपालिका शिक्षा समितिको आयोजनामा संचालित १३ औं राष्ट्रपती रनिङ शिल्ड तथा विद्यालयस्तरीय तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मानपुरको प्राङणमा सम्पन्न भएको हो ।

प्रतियोगितामा मावी तर्फ जानकी माविले शिल्ड उचालेको छ।निमावि तर्फ नेराप्रावि गुरुवागाउँले शिल्ड उचाल्न सफल भएको छ। मावि तर्फ शिवपुरी मावि दोस्रो र मावि जोगागाउँ तेस्रो भएको छ ।

निमावि तर्फ ब्राइट स्टार दोस्रो र बाल विकास तेस्रो भएको छ । आधारभूत १ देखि कक्षा ५ नेरा मावि भाटनपुर प्रथम, ब्राइट स्टार दोस्रो र बालबिकास तेस्रो भए । विजेता खेलाडी तथा विद्यालयलाई जिल्ला समन्वय समिती बाँकेका संयोजक अजय श्रीवास्तव, जानकी गाउँपालिका प्रमुख रामनिवास यादव उपप्रमुख भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, शिक्षा शाखा अधिकृत प्रतिभा ओलि खड्का , पालिका स्वास्थ्य प्रमुख दल बहादुर सुनार, वडा नं.४ का वडा अध्यक्ष विश्राम वर्मा, नेपाल शिक्षक संघका अध्यक्ष शाकिर खान, शिक्षा शाखा कर्मचारी लागायतले पुरस्कर तथा प्रमाणपत्र र शिल्ड बितरण गर्नुभयो

समापन कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले शैक्षिक गुणस्तरलाई अझै सुधार गर्न र विद्यार्थीमा अनुशासनको कमिकमजोरी रहेको खासगरि मधेसी समुदाय स्तरका विद्यार्थीमा कुनै अनुशासन नरहेको उहाँले भन्नुभयो । सोही कार्यक्रममा स्थानीय विद्यालयको प्रअ यसोदा धिताल, शिक्षक, अभिभावक, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रतिभा खड्काले जानकीलाई नमूना बनाउन शिक्षा, स्वास्थ्य लागायतमा जोड दिदै रनिङ शिल्ड, शैक्षिक महोत्सव गर्दै आएको र शिक्षा क्षेत्रलाई अगाडि बढाउन उर्जा थपेको बताउनुभयो । स्थानीयतहले प्रतियोगिता सफल भएको भन्दै जानकी गाउँपालिका मातहतका सम्पुर्ण विद्यालयलाई बुधबार बिदा दिने निर्णय गरेको छ ।

Previous articleकरमोहना गुठीको समस्या समाधान, जग्गाको कारोबार खुल्ला
Next articleकोरोनाको जोखिम बढेपछि बाँकेमा उच्च सर्तकता अपनाउन निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here