
अरशद शेष राई,
साउदी अरेबिया ।
साउदी अरेबियाले उमराह सम्बन्धी नयाँ आदेश जारी गरेको छ । साउदी अरेबियाको सरकारले घोषणा गरेको छ कि ७० बर्ष भन्दा माथि उमेरका घरेलु उमराह यात्रीहरूलाई यात्राको लागि अनुमति दिइने छैन ।
राज्यमा बढ्दै गरेको कोरोना भाइरसको घटनालाई ध्यानमा राख्दै कोरोना भाइरसको रोकथाम तथा कोरोना भाइरसको महामारीलाई बढ्न नदिनका लागि साउदी सरकारले त्यस्तो निर्णय लिइएको हो ।
हज तथा उमराह मन्त्रालयका अनुसार ७० बर्ष उमेरका व्यक्तिले यदि कोरोना भयाक्सिनको खोप लिई सकेका छन भने तब पनि उनलाई उमराह गर्न अनुमति दिन मिल्दैन । मन्त्रालयका अनुसार उमराह यात्रामा बच्चाहरूलाईसँगै लैजान सकिदैन । यद्यपि बच्चाहरू आफ्नी आमासँग जान सक्छन् ।
उमराह गर्नका लागि १८ देखि ६९ वर्ष उमेरका नागरिक र प्रवासीहरूले परमिटका लागि आवेदन दिन सक्छन् । उमराह यात्रीहरूको ‘तवक्कल्ना’ Tawakkalna एप अनिवार्य हुनुपर्दछ ।
यस एपको माध्यमबाट सबै यात्रुहरूको स्वास्थ्य बारे निगरानी गरिने बताएको छ । साउदी अरेबियाको हज तथा उमराह मन्त्रालयको अनुसार उमराह गर्नका लागि Eatmarna एप्लिकेशनद्वारा अनुमति प्राप्त गर्न सकिने छ ।
साउदी स्वास्थ्य मन्त्रालयले यस अघि हज तथा उमराह गर्न चाहने उमराह यात्रीहरूलाई कोरोना भाइरस बिरूद्धको खोप अनिवार्य रूपमा लागू गर्न अघि आउन सुझाव दिएको छ । साथै मन्त्रालयले भनेको छ कि यस वर्ष हज गर्न इच्छुकले कोरोनो भायरस बिरूद्धको खोप लगाउन अनिवार्य रहेको छ ।





